+
+

बर्दिबासमा तीन वटा बैंक रहेका भवनमा आगलागी

नियन्त्रणको प्रयास जारी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १५:०६

१६ साउन, जनकपुरधाम । महोत्तरीको बर्दिवास नगरपालिकास्थित तीन वटा बैंकहरु रहेको भवनमा सोमबार दिउँसो आगलागी भएको छ ।

तीन तले भवनको दोस्रो तल्लामा रहेको सिद्धार्थ बैंकको कोठाबाट अचानक आगलागी भएको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रबी रावलले जानकारी दिए ।

उनका अनुसार अचानक आगलागी भएको सूचना पाएपछि प्रहरीसहित नेपाली सेनाको टोली र दमकल पुगेर आगो निभाउने प्रयास गरिरहेको छ ।

सिद्धार्थ बैंकको माथिल्लो तल्लामा कामना विकास र नेपाल एसबिआई बैंक रहेको छ । आगलागी नियन्त्रणमा लिने क्रम जारी रहेको र थप विवरण पछि संकलन गरिने डीएसपी रावलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?