
१६ साउन, काठमाडौं । जनार्दन शर्मालाई अर्थमन्त्री र्नियुक्त गरेकोमा विरोध जनाउँदै काठमाडौंको नयाँ बानेश्वरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
युथ कंग्रेस नेपालको आह्वानमा युवा अभियान्ताहरूले गरेको प्रदर्शनमा प्रहरीले लाठी प्रहार गर्दै प्रदर्शनकारीलाई तितरबितर पारेको हो । त्यसक्रममा प्रहरीले ३ महिलासहित २५ जनालाई पक्रेको युथ कंग्रेस नेपालले जनाएको छ ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिबाट करका दर हेरफेर गरेको आरोप लागे पनि संसदीय छानबिन समितिले राम्ररी छानबिन नै नगरी निर्दोष ठहर गरि शर्मालाई फेरि अर्थमन्त्री बनाइएको उनीहरुले प्रदर्शन गरेका हुन् ।
शर्माको पुनर्नियुक्ति र उनलाई क्लिन चिट दिने छानबिन समितिमा प्रमुख प्रतिपक्षले देखाएको दोहोरो चरित्रले लोकतन्त्रकै उपहास गरेको उनीहरूले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4