+
+

आईसी डिजाइनर रनवे ११ फेसन शो भदौ ४ मा काठमाडौंमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते १३:५६
फाइल तस्वीर

काठमाडौं । आईसी डिजाइनर रनवे ११ फेसन शो भदौ ४ गते काठमाडौंको होटल याक एण्ड यतिमा हुने भएको छ । भारतका ६ अन्तर्राष्ट्रिय मोडलसहित ३० मोडलले शोमा र्‍याम्प नाप्नेछन् ।

आईसी कलेजको आयोजनामा हुने फेसन शोको म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले गर्नेछ । नेक्स्ट मोडल्स नेपालले शोका लागि अडिसनबाट २४ जना मोडल छनोट गरेको हो ।

फेसन शोमा ६१ जना फेसन डिजाइनरले तयार पारेका डिजाइन प्रस्तुत गरिने जनाइएको छ । लामो समयदेखि नियमित रुपमा आयोजना भइरहेको फेसन शो यस वर्ष विगतभन्दा भव्य र उत्कृष्ट बनाउने तयारीमा भइरहेको नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले बताए ।

शोको उद्देश्य नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनु रहेको आयोजक आईसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् ।

फेसन शोको लागि अन्तर्राष्ट्रिय कोरियोग्राफर अभिमन्यू सिंह तोमर पनि नेपाल आउने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?