+
+

अपडेट : नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते १०:०६

१८ साउन, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा खसेको पहिरो पन्छाएपछि दुईतर्फी नै सडक खुलेको छ ।

आज बिहान साढे २ बजेतिर पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक करिब आठ घण्टापछि दुईतर्फी नै खुलेको हो ।

सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर सागर कार्कीले पहिरो पन्छाएपछि दुईतर्फी नै सडक खुलेको जानकारी दिए । धेरै तछाडमछाड गरेर गाडी चलाउँदा फेरि जाम हुन सक्ने भएकाले लेन अनुशासन पालना गरिदिन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

वर्षाका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको २३ घण्टापछि गएराति ९ बजेतिर बाटो खुलाइएको थियो । तर आज बिहान साढे २ बजेतिर फेरि पहिरो गएपछि बाटो अवरुद्ध भएको थियो । लामो समय जाममा पर्दा यात्रुहरु मर्कामा परेका छन् । खासगरी बालबालिका, ज्येष्ठ नागरिक र विरामीहरु समस्यामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?