+
+

व्यक्तिगत कर्जामा राष्ट्र बैंकले गर्‍यो थप कडाइ

उपत्यकामा धितो मूल्यांकन ३० प्रतिशत मात्रै

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते १४:५३

१८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रयोजन नखुलेको कर्जामा थप कडाइ गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले निश्चित प्रयोजन नखुलेका अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा, सेयरको धितोमा प्रदान गरिएको कर्जा लगायत व्यक्तिगत प्रयोजनका कर्जाहरुमा थप कडाइ गरेको हो ।

यसअघि नै यस्तो कर्जाको सीमा अधिकतम ५० करोड तोकेकोमा अब धितोमा पाइने कर्जाको सीमामा नै थप कडाइ भएको छ । अब यस्तो कर्जाका लागि कर्जा र धितो सुरक्षण बीचको अनुपात (लोन टु भ्यालु रेसियो) मा राष्ट्र बैंकले कडाइ गरेको छ ।

‘घर/जग्गा धितो राखी यस्तो नयाँ कर्जा प्रवाह गर्दा, कर्जा थप वा कर्जा नवीकरण गर्दा कर्जा र त्यसको धितो सुरक्षणको बीचको अनुपात काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म मात्र कायम गर्नु पर्नेछ’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । यसअघि धितो मूल्यांकन उपत्यकामा ५० प्रतिशत र उपत्यकाबाहिर ६० प्रतिशत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?