+
+

आज मन्त्रिपरिषद् बैठक, निर्वाचन मितिबारे निर्णय हुने सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते ९:०५

१९ साउन, काठमाडौं । आज दिउँसो मन्त्रिपरिषदको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ ।

आजको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मितिबारे निर्णय गर्ने सम्भावना छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आजको मन्त्रिपरिषद बैठकले निर्वाचनको मितिबारे निर्णय हुनसक्ने बताए ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन गर्ने तयारी गरेको छ । चुनाव मंसिर ४ मा गर्नेबारे बुधबारको सत्ता गठबन्धनको बैठकमा सहमति भएको थियो । निर्वाचन आयोगले भने सरकारलाई मंसिर २ गते चुनाव गराउन सुझाव दिएको थियो ।

चुनावको मिति घोषणापछि पनि संसद कायमै रहने सत्ता गठबन्धनका नेताहरुको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?