+
+
Shares

रास्वपा महाधिवेशन : पदाधिकारी निर्वाचन कार्यतालिका फेरि धकेलियो

अहिले चितवनमा प्रतिनिधिहरूले विद्युतीय मतदान मेसिनमा गरेको मत परिणाम मात्र घोषणा गर्ने  गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते २१:४७

१० असार, चितवन । रास्वपाको प्रथम महाधिवेशनमा केन्द्रीय सदस्यहरूको अन्तिम मतपरिणाम अझै पूर्ण रुपमा घोषणा नभएका कारण पदाधिकारी निर्वाचनको कार्यतालिका धकेलिएको छ ।

प्रवासबाट आएको मतसहित एकमुष्ठ रूपमा अन्तिम नतिजा सार्वजनिक हुनेछ । अहिले चितवनमा प्रतिनिधिहरूले विद्युतीय मतदान मेसिनमा गरेको मत परिणाम मात्र घोषणा गर्ने  गरिएको छ ।

निर्वाचन आयोगका  अनुसार प्रवासबाट प्राप्त मतलाई समेटेर अन्तिम मत परिणाम सार्वजनिक गरिने भएकाले केन्द्रीय सदस्यमा निर्वाचित हुने उम्मेदवारहरूको घोषणा तत्कालका लागि रोकिएको हो।

केन्द्रीय सदस्यको अन्तिम नतिजा घोषणा नभएसम्म पदाधिकारी चयन प्रक्रिया अगाडि बढाउन नसकिने अवस्था छ ।

समितिले प्रवासी मतको गणना तथा समायोजन प्रक्रिया सम्पन्न भएपछि केन्द्रीय सदस्यहरूको अन्तिम नतिजा सार्वजनिक गरिने र त्यसलगत्तै पदाधिकारी निर्वाचनको संशोधित कार्यतालिका जारी गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?