+
+

भुवन केसीलाई आदिवासी फिल्मकर्मीको दश बुँदे माग : अधिकारसम्पन्न बनाउन ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते १०:२५

काठमाडौं । आदिवासी जनजाति फिल्मकर्मीले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई १० बुँदे ज्ञापनपत्र बुझाउँदै जनजाति फिल्मलाई सम्बोधन गर्न ध्यानाकर्षण गराएका छन् ।

आदिवासी जनजाति चलचित्र महासंघले बुझाएको ज्ञापनमा फिल्म सेन्सर नीति आदिवासी जनजातिको मूल्य मान्यता अनुकूल हुनुपर्ने, राज्यबाट विशेष अनुदान र कोषको व्यवस्था हुनुपर्ने माग गरेको छ ।

बोर्ड अन्तर्गत रहेको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिलाई कार्यकक्षसहित अधिकारसम्पन्न बनाउनुपर्ने, व्यावसायिक प्रदर्शनको लागि व्यवस्था गर्नुपर्ने समेत माग छ ।

बोर्ड र फिल्म क्षेत्रको हरेक निकायमा आदिवासी चलचित्रकर्मीलाई समानुपातिक प्रतिनिधित्व गराइनुपर्ने, सरकारी परिचय दिलाइनुपर्ने, मातृभाषाका फिल्मलाई बजेट छुट्याउनुपर्ने माग समेत छन् ।

अध्यक्ष अमृतबहादुर सुनुवार नेतृत्वको टोलीले बोर्ड पुगेर अध्यक्ष केसीलाई ज्ञापन बुझाएको हो । पत्र बुझ्दै केसीले माग सम्बोधनका लागि आफू सकारात्मक रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?