+
+

नेदरल्यान्ड्ससँगको एकदिवशीय र एसिया कप क्रिकेट खेल्ने पाकिस्तानी टोली सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते १४:२१

१९ साउन, काठमाडौं । अगष्टमा हुने नेदरल्यान्ड्सविरुद्धको एकदिवशीय खेल र त्यसलगत्तै सुरु हुने टि–२० एसिया कपको लागि पाकिस्तानले १५ सदस्य टोली घोषणा गरेको छ ।

अगष्ट १६ देखि २१ सम्म हुने नेदरल्यान्ड्सविरुद्धको एकदिवशीय खेल र अगष्ट २७ बाट युएईमा सुरु हुने एसिया कपका लागि बाबर आजमको कप्तानीमा पाकिस्तानले टोलीको घोषणा गरेको हो ।

टोलीमा बाबरसँगै, मोहम्मद रिजवान, शाहिन शाह अफ्रिदी, आसिफ अली र फखार जमान छन् । हसन अली भने टिममा परेका छैनन् । उनको स्थान नसिम शाहले लिएका छन् ।

पाकिस्तानको तीव्र गतिको बलरको रुपमा अफ्रिदी, नसिम शाह, मोहम्मद वासिम जुनियर र शहनजवाज डाहनी छन् ।

पाकिस्तानको टोलीमा छनोट भएका खेलाडी :

बाबर आजम (कप्तान), शादब खान (उपकप्तान), आसिफ अली, फखार जमान, हैदर अली, हरिस रौफ, इफ्तिखर अहमद, खुशदील शाह, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकिपर), मोहम्मद वासिम जुनियर, नसिम शाह, शाहिन शाह अफ्रिदी, शहनवाज दाहनी र उस्मान कादिर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?