
१९ साउन, काठमाडौं । अब शुक्रबारको सेयर कारोबार बन्द हुने भएको छ । नेप्सेका प्रबन्धक निरञ्जन फुँयालले बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा आयोजना गरेको पूँजी बजारको वर्तमान अवस्था र आगामी ५ वर्षको सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी गराएका हुन् ।
सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेपछि शुक्रबार कारोबार सुरु भएको हो । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय खारेज गरेपनि शुक्रबार सेयर कारोबार नियमित हुँदै आइरहेको थियो ।
३ असार यता शुक्रबार ११ बजेदेखि १ बजेसम्म सेयर कारोबार हुँदै आएको छ । तर नेप्सेले निकट भविष्यमा यस्तो व्यवस्था खारेज गर्ने तयारी गरेको उनले जानकारी दिए । त्यसपछि कारोबार सातामा ५ दिन मात्र हुनेछ । यद्दपि उनले यो हटाउने मिति भने सार्वजनिक गरेनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4