+
+

नबिल बैंकको नाफा करिब ५ अर्ब

खुद ब्याज आम्दानी वृद्धिसँगै सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन रकम घट्दा नबिल बैंकको नाफा बढेको छ । गत आबको अन्तिम २७ असारमा नेपाल बंगलादेश बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते १२:४१

२० साउन, काठमाडौं । खुद ब्याज आम्दानी वृद्धिसँगै सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन रकम घट्दा नबिल बैंकको नाफा बढेको छ । गत आर्थिक वर्षको अन्तिम २७ असारमा नेपाल बंगलादेश बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गरेको थियो ।

शुक्रबार बैंकले आर्थिक वर्ष २०७८/७९ मा चार अर्ब ९७ करोड २८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा चार अर्ब ५२ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले गत आवमा ९.८३ प्रतिशतले नाफा बढाएको हो ।

गत आवमा खुद ब्याज आम्दानी १६.७९ प्रतिशतले वृद्धि भएर ९ अर्ब ४३ करोड २० लाख पुगेको बैंकले सम्भावित कर्जा जोखिम वापतको प्रोभिजन ८२ करोड ७५ लाख घटेर ७० करोड ३६ लाख रुपैयाँ गरेको छ ।

नेपाल बंगलाबदेश बैंकलाई गाभ्दा बैंकको कर्जा लगानी तीन खर्ब १ अर्ब ७ करोड ३१ लाख पुगेको छ । त्यस्तै निक्षेप ३ खर्ब २६ अर्ब २२ करोड २३ लाख रुपैयाँ पुगेको छ । बैंकले कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड दर) बढाएको छ । जसले गर्दा बैंकको खुद बयाज आम्दानी पनि वृद्धि देखिएको हो । अघिल्लो आवमा ३.७९ प्रतिशत रहेको बैंकको स्प्रेड रेट गत आवमा ४.२२ प्रतिशत पुगेको छ ।

आम्दानी वृद्धिसँगै बैंकको खुद सञ्चलान आम्दानी ३.६९ प्रतिशतले बढेर ११ अर्ब २३ करोड १८ लाख पुगेको छ । यता बैंक्को कर्मचारी खर्च भने घटेको छ । बैंकको कर्मचारी खर्च २०.११ प्रतिशतले घटेर २ अर्ब ७२ करोड ५६ लाखमा झरेको छ । खुद सञ्चालन आम्दानीमा भएको वृद्धि तथा कर्मचारी खर्चमा भएको गिरावटले बैंकको सञ्चालन मुनाफा १३.९८ प्रतिशतले वृद्धि भएर सात अर्ब ९ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।

बैंकले गत आवमा बोनस सेयर तथा नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्दा चुक्ता पूँजी ६४.९२ प्रतिशतले बढेको छ । बैंकको चुक्ता पूँजी १३ अर्ब ८४ करोड ४४ लाखबाट २२ अर्ब ८३ करोड २९ लाख पुयाएको छ । बैंकको सञ्चित कोषमा ३ अर्ब ३७ करोड १४ लाख र जगेडा कोषमा २६ अर्ब ३७ करोड ९१ लाख छ ।

मर्जरले पूँजी बढेपनि मर्जर अगाडीको नेपाल बंगलादेश बैंकको नाफा समावेश नहुँदा र गत आवमा बोनस सेयरमार्फत पुँजी वृद्धिले बैंकको प्रतिसेयर आम्दानी घटेको छ । तर नेपाल बंगलादेश बैंकलाई गाभ्दा आएको वार्गेन पर्चेज गेन जगेडाकोषमा जम्मा हुँदा पनि बैंकको नेटवर्थ घटेको छ । प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ५७ पैसाबाट बढेर २६ रुपैयाँ ८० पैसामा झरेको छ । यस्तै प्रतिसेयर नेटवर्थ २४३ रुपैयाँ ४१ पैसाबाट २३० रुपैयाँ ३० पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात ३७.८३ गुणा छ ।

यता बैंकको कोषको लागत बढेसँगै बेसरेट ५.८६ प्रतिशतबाट ८.७७ प्रतिशत पुगेको छ । यस्तै निष्कृय कर्जा ०.८४ प्रतिशतबाट १.५४ प्रतिशतमा झरेको छ । पुँजी पर्याप्तता अनुपात १२.७७ प्रतिशतबाट १३.४४ प्रतिशत पुगेको छ । यस्तै बैंकको कर्जा– निक्षेप अनुपात ८९.७९ प्रतिशत छ ।

यस अवधिमा ३ अर्ब ३७ करोड १४ लाख रुपैयाँ वितरणयोग्य आम्दानी रहेको बैंकको नेपाल बंगलादेश बैंकलाई प्राप्ति पछिको ‘बार्गेन पर्चेज गेन’ समेत गरेर ९ अर्ब १२ करोड १ लाख रुपैयाँ सेयरधनीलाई वितरण डगर्न उपलब्ध रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?