+
+

हिमेश पन्तको रोमानिया अनुभव : ९० प्रतिशत युवती राम्रा, पोर्क र चिकेन खाँदाखाँदा हैरान !

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते १६:५५

काठमाडौं । कमेडी च्याम्पियन हिमेश पन्तले आफ्नो डेब्यु फिल्म ‘वर एण्ड वधु’को विदेशतर्फको भागको छायांकन सकाएका छन् । युरोपेली मुलुक रोमानियामा झण्डै एक महिना रहेर उनले फिल्ममा अभिनय गरे ।

छायांकन सकिएपछि निर्देशक मिलन चाम्स, अभिनेत्री आँचल शर्मासहित हिमेश काठमाडौं फर्किएका छन् । विदेशमा फिल्म छायांकन गर्दा र त्यहाँ रहँदा आफूलाई रोमाञ्चक महसुस भएको उनले बताए ।

रोमानियाको खाना, त्यहाँका मान्छे र सिस्टमले आफूलाई लोभ्याएको अनुभव हिमेशले यसरी बाँडे :

लगभग एक महिनाजति रोमानियामा रहेर हामीले फिल्म सुटिङ गर्‍यौं । यसअघि दुबईमा बसेको छु शोको सिलसिलामा । त्यसपछि रोमानिया मेरो दोस्रो विदेश बसाइ हो ।

फुडमा पोर्क र चिकेनबाहेक केही पनि नपाइने रहेछ । यी दुई परिकार एक हप्ता खाइयो । यास भन्न सहरमा जाँदा इण्डियन फुड पाइँदो रहेछ । त्यहाँ हामीले भारतीय परिकार खायौं ।

इण्डियन फुडमा पनि चिकेन आइटम बढी हुने रहेछ । त्यहाँ एकजना दाइले ताजमहल होटल खोल्नुभएको रहेछ । हामीलाई दुई-तीन पटक नेपाली खाना पनि खुवाउनुभयो ।

रोमानियाबाट नेपाल त खत्तमै देखिंदो रहेछ । त्यहाँको सिस्टम एकदमै राम्रो । मलाई मन परेको सिस्टम चाहिं जेब्राक्रसिङमा पहिलो प्राथमिकता मान्छे हुने रहेछ । हामी टाढै छौं भने जेब्राक्रसिङमा गाडी रोकिने रहेछ । त्यो चाहिं मलाई रोचक लाग्यो ।

एकपटक हामी रोड छेउमा फोटो खिच्दै थियौं । गाडी आएर, रोकेर, हर्न लगाएर हामीलाई पठायो । भन्नुको अर्थ मान्छेलाई निकै प्राथमिकता दिइँदो रहेछ । अरु थुप्रै कुरामा पनि राम्रो सिस्टम रहेछ । नियम कानुन यताउति एकदम राम्रो ।

सुन्दरीहरु मलाई निकै इन्ट्रेस्टिङ लाग्यो । सयमा ९० प्रतिशत राम्रा केटी भेटिन्छन् त्यहाँ । नेपालमा त्यस्तो छैन नि त । जो हेर्‍यो त्यही राम्री लाग्छन् रोमानियामा । म आफैंलाई रोचक लाग्यो ।

उनीहरुको बानी व्यहोरा एकदमै ‘कुल’, अनुशासित हुने रहेछन् । नेपालमा जस्तो हल्ला गर्ने केही नहुने । दुई-चार जना साथी बनाएँ मिल्ने साथी । आफ्नो मान्छे भए त्यहाँ फिल्म सुटिङ गर्न सजिलो हुने रहेछ । बाइचान्स, कसैले साथ नदिने हो भने एकदमै कठिनाइ । घण्टा अनुसार पैसा हुने रहेछ । दुई घण्टाको सुट छ भने घण्टाको हिसाबले ।

दुई घण्टामा सके सकियो, त्यो भन्दा बढी लागे कि त पैसा बढी तिर्नुपर्छ, कि त निस्किनुपर्छ त्यहाँबाट । समय एकदमै महत्वपूर्ण हुन्छ त्यहाँ । बनेका देशलाई ५० प्रतिशत सिस्टमले नै बनाएको हो । फिल्ममा मेरो रोमानियामै बस्ने मुख्य पात्र थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?