+
+

अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते १६:५०

२२ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टकदत्त प्याकुरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

वडा नम्बर १ थलान्नादेखि कल्खेसम्म र वडा नम्बर ४ को लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा ठेकेदारले फिल्डमा गरेको वास्तविक काम भन्दा नापी किताबमा बढी काम देखाई,झुट्टा बिल बनाएर भुक्तानी गरेको भन्दै निमित्त कार्यकारी अधिकृत प्याकुरेलसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार प्याकुरेलसँगै इन्जिनियर मकरध्वज शाही, असिस्टेन्ट सब-इन्जिनियर विनोद थापा र ठेकेदर गणेश भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

उनीहरुले झुटा बिल बनाएर २१ लाख ४७ हजार ४९२ रुपैयाँ ७३ पैसा बढी भुक्तानी गरेको अख्तियारको दावी छ । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अनुसार ३ महिनादेखि ३ वर्षसम्म कैद गर्न र विगो बराबरको जरिवाना असुल गर्न अख्तियारले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?