
काठमाडौं । सानिमा बैंक लिमिटेडले कक्षा ११–१२ अध्ययनका लागि काठमाडौं उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन माग गरेको छ ।
काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाबाट कक्षा ११ र १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ । सोही कार्यक्रमलाई निरन्तरता दिंदै यो वर्ष पनि छात्रवृत्ति आवेदन खुला गरेको बैंकले जनाएको छ ।
बैंकका अनुसार उक्त छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवृत्ति २ हजार रुपैयाँ(प्रति महिना) गरी प्रत्येक विद्यार्र्थीलाई ५० हजार रुपैयाँसम्मको छात्रवृत्ति प्रदान गरिनेछ । आवेदन ३१ भदौसम्म दिन सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4