२४ साउन, काठमाडौं । नेपाल र केन्याबीच हुने द्विपक्षीय एकदिवशीय तथा टी–२० अन्तर्राष्ट्रियको मिति घोषणा भएको छ ।
नेपालले केन्यासँग पाँच वटा टी–२० र ३ वटा एकदिवशीय खेल खेल्ने छ । नेपालले भदौ ९ देखि १३ सम्म टी–२० अन्तर्राष्ट्रिय तथा भदौ १७, १८ र २० गते एकदिवशीय खेल खेल्ने तालिका नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको हो ।
नेपालले सोमबार मात्रै नेपाली राष्ट्रिय पुरुष टोलीका लागि प्रमुख प्रशिक्षकको रुपमा भारतका पूर्व खेलाडी मनोज प्रभाकरलाई नियुक्त गरेको हो ।
प्रभाकर केही दिनमै नेपाल आउने र केन्या भ्रमणका लागि टोलीको तयारी सुरु गर्ने क्यानले जनाएको छ ।
प्रतिक्रिया 4