
काठमाडौं । फिल्मभन्दा आँचल शर्माको निजी जीवन चर्चामा हुन्छ । उनको जीवनशैली, सम्बन्ध र अभिव्यक्तिले धेरै चर्चा पाउँछन् । तर यी चर्चासामु फिल्म करिअर भने ओझेलमा छ ।
६ वर्षअघिको फिल्म ‘नाइँ नभन्नु ल ४’बाट फिल्म करिअर थालेकी आँचलले त्यसयता जोनी जेन्टलम्यान, शत्रु गते, ब्ल्याक र दाल भात तरकारीमा अभिनय गरेकी छन् । उनको नयाँ फिल्म ‘झिंगे दाउ’ प्रदर्शनको तयारीमा छ भने ‘वर एण्ड वधु’को छायांकन सकिएको छ ।
आँचल फेसन ‘कन्सस’ अभिनेत्री पनि हुन् । उनको पहिरनको समेत चर्चा हुने गर्छ । उदीप श्रेष्ठसँग विवाह गरेयता आँचलको सक्रियतामा कमी छैन ।
स्टाइलिससँगै आँचल गर्जियस पनि लाग्छिन् । ‘झिंगे दाउ’को पत्रकार सम्मेलनमा आँचल अनलाइनखबरको भ्यु फाइन्डरमा कैद भइन् । तस्वीरमा उनी आकर्षक देखिएकी छन् ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4