+
+

चार वर्षदेखि केवल पोथी कछुवा मात्रै जन्मिए, पर्यावरणीय विपत्तिको संकेत !

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २५ गते १४:२६

२५ साउन, काठमाडौं । अमेरिकाको फ्लोरिडामा कछुवाको एक अस्पताल छ । उक्त कछुवा अस्पतालका वैज्ञानिकहरु अहिले सकसमा छन्। किनकी पछिल्लो चार वर्षदेखि उक्त क्षेत्रमा केवल पोथी समुद्री कछुवा मात्रै जन्मिरहेका छन् ।

यदि संसारमा कुनै पनि प्रजातिको केवल पोथी जीवमात्रै पैदा भयो भने के होला ? यो निकै चिन्ताजनक स्थिति हो । प्राकृतिक रुपमा भाले र पोथी एक अर्काका लागि बनेका हुन् । उनीहरु मिलेर आफ्नो प्रजातिलाई अगाडि बढाउने काम गर्दछन् । तर केवल पोथी वा भाले मात्र भएमा प्रजाति नै लोप हुने स्थिति बन्न सक्दछ ।

वैज्ञानिकहरुका अनुसार पोथी कछुवामात्रै जन्मिनुको कारण जलवायु परिवर्तन र बढ्दो तापमान हुन सक्दछ । यसले अण्डाभित्रको भ्रुणमा लिंग परिवर्तन भैरहेको वैज्ञानिकहरुको अनुमान छ। यदि यहीँ प्रकारले यदि सामुद्रिक कछुवाका पोथी बच्चा मात्रै जन्मिए भने यो प्रजातिको वंश विनाश हुने देखिन्छ ।

युनिभर्सिटी अफ एक्स्टरका इकोलोजिस्ट लूसी हक्सका अनुसार सामुद्रिक कछुवाका ७ वटा प्रजाति छन् । जसले तापक्रम बढ्दै जाँदा पोथी बच्चामात्रै पैदा गर्न थालेका छन् । लुसीले यस विषयमा सन् २००७ बाटै अध्ययन गर्दै आएकी छिन् ।

सामुद्रिक कछुवामा उसो त भालेको सख्या कम हुन्छ । अर्थात् १० वटा कछुवाका बच्चा जन्मिँदा त्यसमा एउटा मात्र भाले बच्चा जन्मिन्छ । अब यदि जलवायु परिवर्तनका कारण बालुवा अझै तात्न थाल्यो भने अण्डाभित्रको भ्रुणको लिंग परिवर्तन हुनेछ । जसका कारण अण्डाबाट भाले जन्मिनेछैन, केवल पोथी बच्चा मात्र बाहिर आउनेछ ।

तापमान वृद्धिले भाले कछुवाको विकास नै रोकिनेछ । यदि भाले कछुवा भएनन् भने पोथीले मात्र नयाँ बच्चा पैदा गर्न सक्नेछैन । यसले भविष्यमा न त भाले कछुवा रहनेछ, न त पोथी नै । विस्तारै प्रजाति नै लोप हुनेछ ।

ऋमेरिकाको राष्ट्रिय सामुद्रिक तथा वायुमण्डलीय विभागका अनुसार समुद्री कछुवाका अण्डा ३१ ीडग्री वा त्यो भन्दा तातो बालुवामा रह्यो भने त्यसबाट पोथी बच्चा निस्किने सम्भावना लगभग शतप्रतिशत तै हुन्छ ।

फ्लोरिडाको म्याराथन सहरस्थित कछुवा अस्पतालका व्यवस्थापक बिट जर्किलबेसका अनुसार पछिल्लो ४ वर्षदेखि गृष्मयाममा गर्मी बढिरहेको छ । त्यसैले पछिल्लो चार वर्षदेखि केवल पोथी कछुवा मात्रै जन्मिरहेका छन् ।

यो प्रक्रिया केवल त्यहाँमात्र नरहेर विश्वभर नै देखिएको उनको भनाई छ । सन् २०१८ मा गरिएको एक अध्ययनले पूर्वी अष्ट्रेलियामा ९९ प्रतिशत कछुवाका बच्चा पोथी नै जन्मिने गरेको देखाएको थियो ।

कलेज अफ चाल्स्र्टनका प्राध्यापक तथा बायोलोजिस्ट डेभिड ओबेन्सका अनुसार आगामी केही दशकमा सामुद्रिक कछुवाको प्रजातिहरुमा भाले कछुवाको संख्या लगभग समाप्त नै हुनेछ । पर्याप्त भाले कछुवाको अभावमा कछुवामा वंशाणुगत भिन्नता आउनेछैन । भालेको अभावमा प्रजनन क्रिया नै हुन पाउने छैन । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?