+
+

कतार विश्वकपअघि अपार्टमेन्टको भाडा बढ्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते १६:३२

२६ साउन, काठमाडौं । आगामी नोभेम्बर-डिसेम्बरमा कतारमा हुने फिफा विश्वकपअघि आवासीय अपार्टमेन्टको भाडा बढ्ने भएको छ ।

बुधबार सार्वजनिक भएको कतार क्यू टु रियल स्टेट मार्केट रिभ्यूमा चुस्मान र वेकफिल्डले आवासीय क्षेत्रले वर्षको दोस्रो त्रैमासमा धेरै भाडा वृद्धि गरेको जनाएका छन् । फिफा विश्वकपका लागि माग धेरै भएकोले अप्रिल र मे महिनामै भाडा बढेको रिपोर्टमा उल्लेख छ ।

विश्वकपसँग सम्बन्धित सेवाहरू प्रदान गर्ने कम्पनीहरुले दशौं हजार अपार्टमेन्ट प्रशंसक र कर्मचारीको आवासका लागि आरक्षित गरेकोले कतारमा विश्वकप अघि बसोबासको माग बढ्दै गएको छ ।

कुसम्यान र वेकफिल्डले गरेको अनुमान अनुसार जुनसम्ममा अपार्टमेन्टको भाडा गत वर्षको सोही अवधिको भन्दा ३० प्रतिशत बढीले वृद्धि हुनेछ ।

वर्षको पहिलो त्रैमासिकमा ५-७ प्रतिशतले भाडा वृद्धि भएकोमा त्यसपछिको समयको वृद्धिदर तीव्र बनेको छ । मुख्य क्षेत्रमा रहेको अपार्टमेन्टमा भाडा धै बढेको छ ।

पोर्टो अरेबियामा २०२१ मा दुई बेडरुमको सेमि पर्निस्ड अपार्टमेन्ट १० देखि १२ हजार कतारी रियालमा पाउने थियो भने अहिले बढेर १३ देखि १५ हजारसम्म पुगेको छ ।

बिन महमोउद लगायत सेन्ट्रल डिस्ट्रिक्टमा २०२१ यता सामान्यतया २ देखि ३ हजारको दरको बढेको र केही हदसम्म ३० प्रतिशतले बढेको रिपोर्टमा उल्लेख छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?