
२६ साउन, काठमाडौं । साफ महिला च्याम्पियनसिपका लागि टिकट मूल्य निर्धारित गरिएको छ ।
भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंको दशरथ रंगशालमा आयोजना हुने साफ महिला च्याम्पियनसिपका लागि टिकटको मुल्य सामान्यतर्फ ३०० र भिआइपी प्यारापिटतर्फ ५०० रुपैयाँ तोकिएको छ ।
छैटौं संस्करणको साफ च्याम्पियनसिपमा दक्षिण एसियाका सात वटै टिमले प्रतिस्पर्धा गर्नेछन् । नेपाल रहेको समूह बीमा श्रीलंका र भुटान छन् । नेपालले भदौ २१ गते भुटानसँग उद्घाटन खेल खेल्नेछ ।
समूह बी मा साविक विजेता भारतसहित बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन् । साफ च्याम्पियनसिपका लागि एन्फाले ३५ खेलाडीलाई प्रशिक्षण दिइरहेको छ ।
नेपालमा लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिप हुन लागेको हो । यसअघि २०१९ मा विराटनगरमा पाँचौ साफ महिला आयोजना भएको थियो ।
जहाँ नेपाल भारतसँग फाइनलमा ३-१ ले पराजित हुँदै उपविजेता बनेको थियो । अहिलेसम्म भारतले पाँचै पटक उपाधि जित्दा नेपाल चार पटक उपविजेता बनेको छ । एक पटक भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4