+
+

बानेश्वरको इनारमा खसेका युवकको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २७ गते १९:३८

२७ साउन, काठमाडौं । काठमाडौं नयाँ बानेश्वरमा इनारमा खसेका युवकको उद्धार गरिएको छ ।

रक्सीले मातेर बानेश्वर-बिजुलीबजार सडक खण्डको सडक छेउमा  रहेका व्यक्तिलाई प्रत्यक्षदर्शीहरुले उद्धार गरेका हुन् ।

घटनास्थलमा नै रहेकी एक युवतीले आफू बाननेश्वर चोकदेखि पछ्याउँदै आएका तीनजना मध्ये एक युवक इनारमा खसेको बताइन् ।

‘उनीहरु मलाई जिस्क्याउँदै आइरहेका थिए, म डरले भागेँ, मलाई पछ्याउने मध्य एक जना  इनारको डिलमा बसेका थिए’,  नाम उल्लेख गर्न नमानेकी उनले भनिन्, ‘थाकेर बसेछन् भन्ने ठानेर  मैंले फर्केर हेर्दा त उनी इनारमा झरे ।’

नजिकैको कार्यालयबाट भर्‍याङ्ग ल्याएर इनारमा खसेका व्यक्तिको उद्धार गरिएको थियो । उनलाई उद्धार गरेपछि सँगै आएका अरु २ जना साथीले लिएर भागेका छन् । उनीहरुको परिचय खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?