+
+

विवेकशील साझा पार्टी पुनर्गठन गर्दैछौं : मिलन पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते १२:१७

२९ साउन, काठमाडौं । मिलन पाण्डे पक्षले विवेकशील साझा पार्टी पुनर्गठन गर्ने भएको छ । छिट्टै राष्ट्रिय भेला गरेर पार्टीलाई पुनर्गठन गर्न लागिएको पाण्डेले बताएका छन् ।

तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव ल्याएपछि विवेकशील साझा छिन्नभिन्न भएको थियो ।

मिश्रले सुरुमा पाण्डे लगायतका असन्तुष्ट नेताहरुलाई कारबाही गरेका थिए, स्थानीय चुनावमा पार्टीले अपेक्षाकृत मत नल्याएपछि उनले पनि राजीनामा दिए ।

अहिले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समेत दल दर्ता हुने नहुने अलमल कायमै छ ।
हाल पार्टीमा गणतन्त्रवादी र राजसंस्थावादी दुई समूह रहेको भन्दै पाण्डेले भनेका छन्, ‘हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान र यही व्यवस्था पक्षधर विचार समूह निरन्तर वैकल्पिक राजनीतिलाई वैचारिक रूपमा सुदृढ र स्पष्ट पार्दै पार्टी स्थापनाको मर्म अनुसार अघि बढिरहेका छौं । पार्टीको स्थापनाको मर्म विपरीत जाने र नागरिकलाई धोका दिने छुट कसैलाई छैन ।’

जे प्रयोजन र उद्देश्यका लागि पार्टी स्थापना गरिएको हो, त्यसअनुसार अघि बढ्ने पाण्डेले बताएका छन् । ‘वृहत् छलफल र वैकल्पिक राजनीतिका घटकहरू र नयाँ राजनीतिको सम्भावना खोजिरहेका युवाहरूसँगको परामर्श र सहकार्य पछि पार्टी पुनर्गठनको ठोस खाका छिट्टै सार्वजनिक गर्नेछौं,’ उनले भनेका छन्, ‘हामी छिट्टै राष्ट्रिय भेलाको मिति सार्वजनिक गर्नेछौँ र पार्टीलाई पुनर्गठन गर्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?