
२९ साउन, काठमाडौं । दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ खाडिचौर घर भई हाल काठमाडौंको टोखा बस्ने २७ वर्षीय अविनाश कार्की रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबुबाट पक्राउ गरेको हो ।
उनले काठमाडौंको बसुन्धारा बस्ने खेमराज थापालाई वर्किङ भिसामा दुबई पठाइदिने भन्दै ७ लाख ५० हजार रुपैयाँ लिउको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनीमाथि थप अनसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4