+
+

पृथ्वी जोगाउन युवाले भूमिका खेल्नुपर्छ : बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते ९:२९

३० साउन, काठमाडौं । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले भावी पुस्तालाई दुरुस्त र सग्लो पृथ्वी हस्तान्तरण गर्नुपर्ने बताएका छन् । मानव क्रियाकलापका कारण पृथ्वीको वातावरण दिनदिनै प्रतिकूल बन्दै गएको भन्दै उनले वातावरण संरक्षणमा युवा पुस्ताले उल्लेख्य भूमिका निर्वाह गर्नुपर्ने बताए ।

अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा राजधानीमा आइतबार आयोजित कार्यक्रममा बस्नेतले भने, ‘हामीले यो पृथ्वी पुर्खाबाट विरासतमा पाएका हैनौं, यो त हामीले भावी पुस्तासँग उधारोमा पाएका हौं । त्यसैले भावी पुस्तालाई सग्लो पृथ्वी हस्तान्तरण गर्नुपर्छ ।’

समाजको सचेत र निर्णायक तप्का युवा भएकाले युवाहरुले नै जलवायु परिवर्तनको असर न्युनीकरण गर्न सबैभन्दा धेरै भूमिका खेल्नुपर्ने बस्नेतले बताए ।

कार्यक्रममा नेपाल युथ नेटवर्कका सातै प्रदेशका प्रतिनिधिहरुले युवाका लागि जारी गरेको ९ बुँदे काठमाडौं घोषणापत्र परिषदका कार्यकारी उपाध्यक्ष बस्नेतलाई हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?