
३० साउन, काठमाडौं । नेदरल्याण्ड्स पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खोटाङको बाह्रपोखरी गाउपालिका-५ देवथान घर भई हाल काठमाडौंको कोटेश्वरमा बस्दै आएका ३५ वर्षीय प्रकाश राई रहेका छन् ।
राईले रसुवा गोसाइकुण्ड गाउँपालिका-५ ठूलोस्याप्रूका २७ वर्षीय निमा काल्तेन तामाङ लगायतलाई वर्किङ भिसामा विदेश पठाइदिने भन्दै प्रति व्यक्ति १६लाखका दरले १६ जनाबाट १ करोड ३६ लाख ५० हजार रुपैयाँ ठगी गरेर सम्पर्कविहीन भएको प्रहरीको दाबी छ ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार कोटेश्वरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4