+
+

नेपाली चियाका लागि बजार खुला गर्न चीन सहमत

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ साउन ३० गते २०:१५
फाइल तस्वीर

३० साउन, काठमाडौं । नेपालमा उत्पादन हुने चियालाई आफ्नो बजारमा खुल्ला गर्न चीन सहमत भएको छ । नेपालका परराष्ट्र मन्त्रीको चीन भ्रमणका बेला चीन नेपाल चियालाई आफ्नो बजार खुला गर्न सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारततर्फ चिया निर्यातमा व्यवसायीलाई अवरोधको हल्ला भइरहेको बेला चीनले नेपाली चियाका लागि आफ्नो बजार खुला गर्ने बताएको हो । परराष्ट्र मन्त्री डा. नारायण खड्काले २४–२६ साउनसम्म चीनको भ्रमण गरेका थिए ।

नेपाल चिया तथा कफी विकास बोर्डकाअनुसार नेपालले दुई वर्षदेखि नेपाली चियाका लागि चिनियाँ बजार खुल्ला गर्न आग्रह गर्दै आएको थियो । चीनले नेपाली चियाका लागि बजार खुला गरेको बोर्डका अध्यक्ष डा. बिष्णुप्रसाद भट्टराईले बताए ।

नेपालको चिया चीनमा निर्यातबारे गत मंसिरमा पठाएको मोडालिटीमा पनि बेइजिङले सहमति जनाएको उनले बताए । अब द्रूत गतिबाट समझदारी कार्यान्वनयनका लागि नेपालले गर्न पर्ने कामहरु आपसरी समन्वयमा हुने पनि बोर्डले जनाएको छ । ‘बीटूबी मोडलमा काम अघि बढाउन छलफल भइरहेको छ, हामी छिट्टै यसलाई एउटा आकार दिन्छौं,’ भट्टराइले भने, ‘हामी अहिले आन्तरिक छलफल र गृहकार्यमा छौं ।’

चिया उत्पादक संघका पूर्वअध्यक्ष उदय चापागाईंले पनि चीन नेपाली चियाका लागि बजार खुल्ला गर्न सहमत भएको बताए । चीनको ठूलो बजारमा नेपाली चियाको प्रवेशले नेपाली उद्योगी व्यवसायीका लागि सम्भावनाको नयाँ ढोका खोलेको उनले बताए ।

‘चीनमा कतिपय सहरमा पिउने चिया र नेपाली चियाको गुणस्तर मेल खाने प्रारम्भिक अध्ययनमा देखिएको थियो,’ चापागाईंले भने, ‘अब नेपाली चियाले झनै राम्रो मूल्यमा फैलने मौकाउ पाउने भयो ।’

चापागाईंकाअनुसार केही समय अघि उनी आफैं संलग्न एक प्रारम्भिक अध्ययनमा नेपालको गोल्डेन टिप्स र चीनको तथ्यांक गोगंफू (त्यहाँको अति महँगो चिया) को गुणस्तर नतिजा समान पाइएको थियो ।

उक्त अध्ययनअनुसार चिनियाँ बजारमा प्रतिकिलो ३ हजार ५ सय रुपैयाँसम्म प्रतिकिलोमा नेपाली चिया बिक्री गर्न सकिने पाइएको थियो । चियाको प्रकृतिअनुसार चीनमा सरदर नेपाली चियाको मूल्य ९ हजार रुपैयाँ प्रतिकिलोसम्म बिक्री गर्न सकिने देखिएको थियो ।

प्रतिवेदनले नेपाली चिया चिनियाँ बजारसम्म पुर्‍याउनका लागि चीनको जेनरल एडमिनिष्ट्रेसन अफ कष्टम (जीएसीसी) मा नेपाली चियालाई दर्ता गर्नु पर्ने, नेपालको चियाको गुणस्तर र हेल्थ सर्टिफिकेट को विषय सरकारले सम्बोधन गर्न बाँकी छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?