+
+

कास्कीकोटमा शनिबार दहीको होली

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते ७:०७

३१ साउन, पोखरा । रंगहरुको होली त हामी खेलेका छौं, तर दहीको होली खेल्नु भएको छ ? यदि छैन भने आगामी शनिबार पोखरा आउन सक्नुहुन्छ ।

कास्कीको पोखरा महानगरपालिका-२४ कास्कीकोटमा कृष्ण जन्माष्टमीको अवसरमा ‘दही जात्रा’ आयोजना हुँदै आएको छ । यही जात्रा ‘दहीको होली’ खेल्ने पर्व भनेर स्थानीयमाझ चर्चित छ ।

सो जात्रालाई निरन्तरता दिंदै यस वर्ष पनि दहीको होली खेलिने आयोजक गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिले जनाएको छ । समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले कृष्ण जन्माष्टमीको अवसरमा भदौ ४ गते शनिबार श्रीकृष्ण रथ यात्रा तथा दही जात्रा आयोजना हुने जानकारी दिए ।

जात्रामा सहभागीहरुले एक-अर्कालाई टाउको, अनुहार र शरीरमा दही दलिदिन्छन् । त्यसैले यसलाई दहीको होली भन्ने गरिएको छ ।

विगत ६ वर्षदेखि हुँदै आएको दही जात्रा अघिल्ला वर्षहरुमा कोरोना महामारीका कारण रोकिएको थियो । यस पटक भने विभिन्न साँस्कृतिक झाँकी र बाजागाजा सहित दही जात्रा आयोजना गरिने जात्रा संयोजकसमेत रहेका प्रसाद त्रिपाठीले बताए ।

भजन, चुट्का तथा विभिन्न झाँकीसहित जात्रामा सहभागी हुन समितिले सबैलाई आह्वान गरेको छ । सहभागी उत्कृष्ट समूहलाई पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?