+
+

माओवादीसँग वामदेवको दाबी– प्रदेश सभामा २ र प्रतिनिधि सभामा १ सिट

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते ११:३६

३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको चिह्नबाट चुनाव लड्ने निर्णय गरेका नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रदेश सभामा २ र प्रतिनिधि सभामा १ सिट दाबी गरेका छन् ।

गौतमले यही दाबीका साथ माओवादी केन्द्रको चिह्नबाट आसन्न निर्वाचनमा भाग लिन लागेको अनलाइनखबरलाई बताएका हुन् । माओवादीको चुनाव चिह्न आफूहरुलाई सहज लागेको गौतमले बताए । उनले यो पार्टी एकीकरण नभई चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिन लागेको मात्र भनेर प्रष्ट्याए ।

नेकपा माओवादी केन्द्रको आज बिहान बसेको स्थायी कमिटी बैठकले वामदेव गौतम र बाबुराम भट्टराई नेतृत्वको नेसपालाई गोलाकार भित्रको हसिया हथौडा चिह्नमा चुनाव लड्न दिने निर्णय गरेको छ । बैठकपछि माओवादी प्रवक्ता कृष्णबहादुर महराले वामदेव गौतम र बाबुराम भट्टराईलाई माओवादी केन्द्रको चुनाव चिह्नमा लड्न दिने निर्णय गरेको जानकारी दिए ।

माओवादी केन्द्र, बाबुराम नेतृत्वको नेसपा र वामदेव नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानका नेताहरु आज निर्वाचन आयोगको कार्यालयमा पुगेर एउटै चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने जानकारी गराउँदै छन् ।

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा गठन हुँदा बामदेव गौतम प्रचण्ड खेमामा थिए । तर सर्वोच्च अदालतले पार्टी एकता भंग गरिदिएर पूर्ववत अवस्थामा फर्किंदा गौतम भने कतै पनि लागेनन् । उनले एमाले र माओवादीलाई एकता प्रक्रियामा ल्याउन प्रयास जारी गर्ने भन्दै १४ माघ २०७७ मा नेकपा राष्ट्रिय एकता अभियान घोषणा गरेका थिए ।

दुई वा दुई भन्दा बढी दलले एउटै चुनाव चिह्नमा चुनाव लडेपछि परिणामले सबैभन्दा ठूलो दल जुन हुन्छ, उसैको संसदीय दल अन्तर्गत निर्वाचित जुन प्रतिनिधि रहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?