+
+

देउवाले फुल्‍याएपछि पछि हट्यो मधेस सरकार, आन्दोलन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १३:४०

३१ साउन, जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी समायोजनलाई प्राथमिकतामा राखेर हेर्ने आश्वासन दिएपछि मधेश प्रदेश सरकारले सुरू गरेको आन्दोलन स्थगित गरेको छ ।

आइतबार र सोमबार धर्नामा बसेको मधेस प्रदेश सरकार  मंगलबारदेखि आन्दोलन स्थगित गरेको धर्नास्थलमा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले बताए ।

यस्तै धर्नास्थलमा उपस्थित प्रदेश प्रमुख हरिशंकर मिश्रले संघ सरकार प्रहरी समायोजनमा गम्भीर र सकारात्मक रहेको र निर्वाचन लगतै गर्ने आश्वासन दिएको जानकारी दिए ।

प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न पटक-पटक संघीय सरकारलाई दवाव दिएको, प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरी आग्रह गरेको, आन्दोलनकै अल्टिमेटम दिदैं ज्ञापन पठाउँदासमेत ध्यान नदिएपछि प्रदेश सरकारले आइतबारदेखि प्रदेश प्रमुखको कार्यालय प्राङ्गणमा मुख्यमन्त्री र मन्त्रीले धर्ना दिन शुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?