
बञ्चरेडाँडा क्षेत्रमा भएको झडपको फाइल तस्वीर ।
३१ साउन, काठमाडौं । काठमडौंको फोहोर व्यवस्थापन गरिने बञ्चरेडाँडा क्षेत्रमा आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक युवक घाइते भएका छन् ।
स्थानीय वासिन्दाले काठमाडौंबाट फोहोर लिएर गएको गाडी रोकेपछि प्रहरीले अवरोध हटाउने क्रममा रबरको गोली चलाएको थियो । प्रहरीले हानेको गोली आँखानजिकै लागेर स्थानीय कमल तामाङ घाइते भएका धुनीवेशी नगरपालिका-१ का वडाअध्यक्ष मानबहादुर तामाङले जानकारी दिए ।
तामाङका अनुसार उनलाई उपचारका लागि काठमाडौंको मनमोहन अस्पतालमा भर्ना गरिएको छ । उनको आँखामाथिकव भागमा रबरको गोली अड्किएको छ ।
मंगलबार दिनभरजसो बञ्चरेडाँडा क्षेत्रमा प्रहरी र स्थानीय वासिन्दाबीच तनाव थियो । तनावकै बीच डेढ सय भन्दा बढी गाडीले बञ्चरेडाँडामा फोहोर खसालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4