+
+

सरकारी शिक्षकको तलब कति पुग्यो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते २०:४२

३१ साउन, काठमाडौं । आर्थिक वर्ष २०७९/८० देखि सरकारी शिक्षकहरुले खाईपाई आएको मासिक तलबमा ग्रेडबाहेक ३ हजार ६०१ रुपैयाँदेखि ७ हजार ४०७ रुपैयाँसम्म बढेको छ ।

सरकारले बजेट वक्तव्यमा शिक्षक, कर्मचारी, सुरक्षाकर्मी लगायतको तलब १५ प्रतिशतले बढाउने घोषणा गरेको थियो । सो घोषणा बमोजिम समायोजन गरिएको नयाँ तलबमान यही साउन १ गतेदेखि लागु भएको छ ।

चालु आर्थिक वर्षदेखि सरकारी विद्यालयका प्रथम श्रेणीका मावि शिक्षकको मासिक तलबमा ७ हजार ४०७ रुपैयाँ थपिएको छ । यस्तै प्राविको सबैभन्दा तल्लो तहका शिक्षकले ३ हजार ६०१ रुपैयाँ अतिरिक्त तलब पाउने छन् ।

माविको प्रथम श्रेणीका शिक्षकको सुरुको तलब स्केल अघिल्लो पटक ४९ हजार ३८० रुपैयाँ थियो । यी शिक्षकले आर्थिक वर्ष २०७९/८० देखि ग्रेड बाहेक ५६ हजार ७८६ रुपैयाँ पाउने छन् ।

माविकै द्वितीय श्रेणीका शिक्षकले यही साउन महिनादेखि ४८ हजार ७३७ र माविको तृतीय श्रेणीका शिक्षकहरुले ४३ हजार ६८९ रुपैयाँ तलब पाउने छन् ।

यसैगरी निमावि तहको प्रथम श्रेणीका शिक्षकको सुरुको तलब स्केल ४५ हजार ८६२ रुपैयाँ, द्वितीय श्रेणीको ४३ हजार ६८९ र तृतीय श्रेणीको ३४ हजार ७३० रुपैयाँ तलब स्केल कायम भएको छ ।

यसैगरी प्रावितर्फ एसएलसी उत्तीर्ण प्रथम श्रेणीका शिक्षकको सुरुको तलब स्केल ४३ हजार ६८९ रुपैयाँ कायम भएको छ । द्वितीय श्रेणीका शिक्षकको तलब ३४ हजार ७३० र तृतीय श्रेणीको तलब ३२ हजार ९०२ रुपैयाँ पुगेको छ ।

हेर्नुस् सरकारी शिक्षको तलब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?