News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा २१ स्वर्णसहित ३६ पदक जित्यो।
- नेपालले समग्रमा दोस्रो स्थान प्राप्त गर्यो भने भारत पहिलो भयो।
- एरिका गुरुङसहित अन्य खेलाडीले स्वर्ण जितेका छन्।
२२ असार, काठमाडौं । श्रीलंकामा भएको नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपालले २१ स्वर्णसहित कुल ३६ पदक जितेको छ ।
नेपालले २१ स्वर्ण, ९ रजत ६ कास्य सहित कुल ३६ पदक जितेको हो । समग्रमा भने नेपाली टिम दोस्रो भएको छ। भारत २३ स्वर्ण, २४ रजत र २ कास्यसहित पहिलो भयो ।
महिला ६८ केजीमाथि कराते महासंघबाट हिमालयन वारियर्स उपनाम पाएकी एरिका गुरुङ, ५० केजीमा पुष्पका लामा, ५५ केजीमुनि सविना श्रेष्ठले व्यक्तिगत र टिम कुमुतेमा नेपाललाई दोहोरो स्वर्ण दिलाए ।
प्रदीप बैजाली मगरले यु–२१ र सिनियरको व्यक्तिगत कुमुतेमा समान १–१ स्वर्ण तथा टिम कुमुतेमा रजत जिते ।
सातौं र आठौं संस्करणमा लगातार प्रथम भएको नेपाल यस पटक भने दोस्रो स्थानमा सीमित भएको हो।
प्रतिक्रिया 4