+
+
Shares

मोरङ १ मा एमाले उम्मेदवार शिवमाया कि घनश्याम ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २ गते २०:०१

२ भदौ, विरानगर । प्रतिनिधिसभा निर्वाचनमा मोरङको क्षेत्र नम्बर १ बाट एमालेका दुई नेताले दाबी गरेका छन् । क्षेत्र नम्बर १ मा घनश्याम खतिवडा र डा. शिवमाया तुम्बाहाम्फेले दाबी गरेका हुन् ।

खतिवडा २०७४ सालको निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित सांसद हुन् । तुम्बाहाम्फे समानुपातिक सांसद हुन् । एमालेबाट उपसभामुख पनि बनेकी तुम्बाहाम्फे पूर्व मन्त्री पनि हुन् । खतिवडाले अन्य जिम्मेवारी पाएका छैनन् ।

दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस उम्मेदवार डिगबहादुर लिम्बुसँग पराजित भएका खतिवडा २०७४ मा संघीय संसद निर्वाचित भएका थिए । उनी यो पटक पनि चुनाव लड्ने तयारीमा छन् । ‘मेरो स्ट्रङ दाबेदारी छ,’ खतिवडाले अनलाइनखबरसँग भने, ‘संसदीय अभ्यासमा आफ्नो भूमिका प्रस्तुत गरेको छु ।’

संघीय संसदमा ५५ वटा विधेयकमा आफूले संशोधन प्रस्ताव दर्ता गरेको बताउँदै उनले भने, ‘संसदमा पार्टीको तर्फबाट बोल्ने सांसदहरु मध्ये एक म पनि हुँ ।’ संसदीय अभ्यासमा आफ्नो क्षमताले भ्याएसम्म उपस्थिति जनाएको बताउँदै उनले पुन पार्टीमा टिकटको दाबी गरेको बताए ।

टिकटको दाबी शिवमायाले पनि गरिरहेको एमाले मोरङ इञ्चार्ज विनोद ढकालले जानकारी दिए । ‘क्षेत्र नम्बर १ मा शिवमाया तुम्बाहाम्फेको पनि दाबी छ,’ ढकालले भने, ‘घनश्याम खतिवडा त्यहीँबाट निर्वाचित सांसद हो, उहाँको स्वाभाविक दाबी छ ।’ उनले केन्द्रीय कमिटीले निर्देशनपछि उम्मेदवारको टुङ्गो लगाउने बताए ।

उम्मेदवारबारे छलफल नै भएको छैन : खतिवडा

एमाले मोरङ सचिव रुपेश खतिवडा नेकपा एमालेले उम्मेदवारका विषयमा छलफल नै नचलाएको बताउँछन् । व्यक्तिगत रुपमा केही विषय बाहिर आए पनि पार्टीमा आधिकारिक रुपमा छलफल नभएको उनको भनाइ छ ।

२०७४ सालको निर्वाचनमा एमाले–माओवादी गठबन्धनबाट संघमा एमालेका खतिवडा, प्रदेशको १ को (क) मा माओवादी उम्मेदवार कुशल लिम्बु र १ को ‘ख’ मा  उपेन्द्र घिमिरे निर्वाचित भएका थिए ।

नेकपा एमाले विभाजन भएपछि घिमिरे नेकपा एकीकृत समाजवादी पार्टीमा गएका छन् । एमालेबाट क्षेत्र नम्बर १ को ‘क’ मा जिल्ला सचिव खतिवडा दाबेदार छन् । १ को ‘ख’ मा खड्ग बस्नेत, डिल्ली अधिकारीलगायत दाबेदार छन् ।

सत्ता गठबन्धनबाट संघमा नेपाली कांग्रेसबाट डिगबहादुर लिम्बु प्रमुख दाबेदार हुन् । प्रदेशको १ मा माओवादी र २ मा नेकपा एकीकृत समाजवादी पार्टीको दाबी छ । प्रदेशसभामा नेपाली कांग्रेसको पनि दाबी छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?