+
+

सृष्टिको प्रशंसा गर्दै रेखाले भनिन्- तिमी मेरो लागि सुपरस्टार हौ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २ गते ११:४४

काठमाडौं । गोपीकृष्ण मल्टिप्लेक्समा बुधबार बेलुका फिल्म ‘माइकल अधिकारी’को प्रिमियर आयोजना गरियो, जहाँ राजनीतिज्ञदेखि सेलिब्रिटीसम्म उपस्थित रहे ।

फिल्मका प्रस्तुतकर्ता उद्धव पौडेलका ज्वाइँ समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेदेखि अभिनेत्री तथा राप्रपा नेतृ रेखा थापासम्मले फिल्म हेरेर प्रतिक्रिया दिए ।

रेखाको प्रतिक्रियाले भने सञ्चारकर्मीको ध्यानाकृष्ट गर्‍यो । रिलेसनसिपमा रहेका सौगात र सृष्टिले रेखाबाट प्रशंसा बटुले । रेखाले त सृष्टिलाई सुपरस्टारको संज्ञा दिइन् । मिस नेपाल भएदेखि नै आफू सृष्टिको ठूलो फ्यान भएको रेखाले बताइन् ।

‘माइकल अधिकारी हेरेर झन् ठूलो फ्यान भएकी छु । तिमीले मलाई तीनपटक रुवायौ । तिमीले मलाई र्‍याक गर्छौ भनेर आँसु नदेखाएकी मात्र हुँ,’ रेखाले भनिन्, ‘सौगातको अभिनयको त म एकदम फ्यान हुँ । उसको अभिनयबाट मैले पनि सिकिरहेकी छु । सृष्टिको भविष्य ब्राइट देखेकी छु ।’

रेखाले अगाडि भनिन्, ‘तिमी मेरो लागि सुपरस्टार हौ । मिस नेपाल भएदेखि नै मलाई सृष्टि मन परेको हो । यो मान्छे फिल्ममा आए पनि हुन्थ्यो भन्ने मलाई लाग्थ्यो । एउटा सिरिज हेरेर उसको फ्यान भएकी हुँ ।’

कतिपय प्लटमा आफूले सौगातभन्दा सृष्टिको अभिनय उच्चस्तरको देखेको रेखाको ठम्याइ थियो । फिल्ममा सृष्टि र सौगातले जोडीको भूमिका निर्वाह गरेका छन् । रञ्जित रौनियार निर्देशित फिल्मले सरोगेसीको विषयवस्तु पेश गर्छ ।

फिल्म शुक्रबारदेखि प्रदर्शन देशव्यापी प्रदर्शनमा आउँदैछ । ‘माइकल अधिकारी’सँगै ‘कृष्णलीला’ र ‘प्रेमगञ्ज’ पनि सँगै रिलिज हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?