+
+
गायक भेकसँग संवाद :

जेसन डेरुलोसँगको भेटपछि भेक भन्छन्- उहाँले मलाई संगीतप्रति सत्यवादी बन्न सुझाव दिनुभयो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३ गते ११:५७

काठमाडौं । स्टेज नाम- भेक । वास्तविक नाम- विवेक वाइवा लामा ।

सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’बाट चम्किएका उनले त्यसयता पछाडि फर्केर हेर्नुपरेको छैन । उनी यतिबेला नेपाल मात्र होइन, विश्व प्लेटफर्ममा चम्किएका छन् ।

टुबोर्ग ओपन २०२२ बाट उनी उदयीमान कलाकारको रुपमा छनोट मात्र भएनन्, विश्वचर्चित गायक जेसन डेरुलोसँग हलिउड सहर लस एन्जलसमा पुगेर व्यावसायिक र व्यक्तिगत मेन्टरिङ क्लास पनि सिके ।

टुबोर्ग र भेकले एउटा नयाँ गीतमा सहकार्य पनि गरेका छन् । उनको लस एन्जलस यात्रा र उनको अनुभवबारे अनलाइनखबरले भेकसँग संक्षिप्त संवाद गरेको छ ।

गायक जेसन डेरुलोसँग तपाईंको मेन्टरिङ अनुभव कस्तो रह्यो ? तपाईंले त्यस्तो के कुरा सिक्नुभयो ?

म टुबोर्ग ओपन २०२२ को लागि उदीयमान कलाकारको रुपमा छनोट भएँ । सोहीअनुसार मैले अमेरिकाको लस एन्जलसमा जेसन डेरुलोलाई भेट्ने अवसर पाएँ । सबै यात्रा, बसाइ र मेन्टरिङको जिम्मा टुबोर्गले लिएको थियो । कोभिडले अन्तर्राष्ट्रिय यात्रामा व्यवधान भए पनि मैले जेसनलाई भेट्ने मौका पाएँ । जेसनसँग मेन्टरिङ लिन पाउनु मेरो लागि सौभाग्य थियो । एउटा गीत विकास गर्न धेरै अनुभवबाट गुज्रनुपर्‍यो । सम्पूर्ण सेटअप धेरै व्यावसायिक तरिकाबाट गरिएको थियो ।

जेसनको सामुन्ने आफ्नो प्रस्तुति दिंदा तपाईंको अनुभव कस्तो रह्यो ? तपाईंलाई कस्तो सुझाव दिए उनले ?

हामीलाई गीतको शब्द रचना गर्न भनियो । जेसनबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि हामीले गीतलाई स्टेजमा प्रस्तुत गर्‍यौं । व्यक्तिगत रुपमा पनि उनले मलाई आफ्नो सांगीतिक यात्रामा सत्यवादी बन्न आग्रह गरे । समग्रमा हामीसँगको छलफल गर्दा पनि जेसनलाई मैले निकै सरल पाएँ ।

टुबोर्ग ओपन प्रोजेक्ट भनेको के हो र यसमा तपाईंको योगदान कस्तो रहनेछ ?

टुबोर्ग ओपनि विभिन्न अन्तर्राष्ट्रिय कलाकारहरुसँग सहकार्य गर्ने प्लेटफर्म हो । बर्सेनि टुबोर्ग विभिन्न मुलुकका स्थानीय कलाकारलाई अवसर प्रदान गर्न अन्तर्राष्ट्रिय सहकार्य लिएर आउँछ । मलाई टुबोर्गले नेपालका अन्य ६ देशका उदयीमान गायकहरुसँग जेसनसँग मेन्टरिङ सत्रको लागि छनोट गरेको थियो ।

डेरुलोसामु तपाईंले कुन-कुन ट्रयाक प्रस्तुत गर्नुभयो ?

मैले अंग्रेजी गीत ‘नानी’ जेसनसामु प्रस्तुत गरें ।

तपाईंजस्ता इमर्जिङ आर्टिस्टले डेरुलो र उनको गायकीबाट कस्ता विशेषता सिक्नु जरुरी छ ?

टुबोर्गले प्रदान गरेको मेन्टरिङ सत्रमा जेसनसँग मैले राम्रो अन्तर्राष्ट्रिय प्लेटफर्म पाएँ । मैले अन्य व्यक्तिहरुसँग अन्तरक्रिया गर्दा अझै बढी व्यावसायिक हुन र व्यक्तिगत रुपमा सरल हुन पनि सिकेको छु ।

तपाईंको लागि संगीत के हो ? तपाईं कुन गायकलाई आफ्नो आदर्श मान्नुहुन्छ ?

मलाई थाहा छ कि संगीत कलाको उत्कृष्ट रुप हो र म यसको हिस्सा हुन पाउँदा धन्य महसुस गर्छु । त्यहाँ केही कलाकार छन् जो जस्तो म बन्न चाहन्छु । तर म स्वप्निल शर्मा र क्रिउ ब्राउनको ठूलो फ्यान हुँ ।

नेपाली संगीतको नयाँपुस्ताको चुनौती के हुन् ? न्यु जेनेरेसनले आफूलाई कुन-कुन पक्षमा विकसित गर्नु जरुरी छ ?

प्राविधिक रुपमा संगीत उत्पादन गर्न पहिलेको तुलनामा धेरै सजिलो भएको छ । तर गुणस्तरीय संगीत सिर्जना गर्नु मुख्य चुनौती हो ।

तपाईंका आगामी योजना कस्ता छन् ? कुन जनरा ? कुन एल्बम, ट्रयाक, कन्सर्ट वा अन्य कुनै योजना ?

भर्खरै मैले २८ वटा गीत समावेश एल्बम ‘सम्पन्न’ सार्वजनिक गरेको छु । मलाई प्रयोगमा रुचि छ त्यसैले विशेष विधामा झुकाव छैन । यसबाहेक मैले युटयुकमा प्रशस्तै कन्टेन्ट सार्वजनिक गर्दै आएको छु र भविष्यमा पनि धेरै टुरको योजना बनाएको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?