+
+

अक्षय कुमारको प्रष्टीकरण : मेरै गल्तीले फिल्म चल्न सकेनन्

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ४ गते २०:०८
शनिबार मुम्बईमा आयोजित फिल्म ‘कठ्पुतली’को ट्रेलर लन्च कार्यक्रममा अभिनेत्री रकुलप्रित सिंहसँग अक्षयकुमार ।

काठमाडौं । पछिल्लो समय बक्स अफिसमा बलिउडको खराब प्रस्तुतिलाई लिएर अभिनेता अक्षयकुमारले टिप्पणी गरेका छन् । आफ्नो आगामी फिल्म ‘कठपुतली’को ट्रेलर लन्च कार्यक्रममा बोल्दै उनले दर्शकको चाहनाबारे निर्माताले बुझ्नपर्ने बताए ।

साथै उनले आफ्ना फिल्महरुको असफलतालाई लिएर अरुलाई दोष दिनु उचित नरहेको बताए । ‘हाम्रै मिहिनेतको कमीले फिल्म चल्न सकेका छैनन् । मेरो गल्तीका कारण फिल्म चल्न सकेन । मैले केही परिवर्तन गर्नुपर्छ । मैले बुझ्नुपर्छ कि दर्शक के चाहन्छन् ? म आफ्नो तर्फबाट परिवर्तन हुन चाहन्छु । फिल्म फ्लप हुनुमा अरुलाई किन दोष दिनु, म आफूलाई नै दोषी मान्छु,’ उनले भने ।

उक्त इभेन्टमा नृत्य प्रस्तुत गर्दै अक्षयले उपस्थितलाई आश्चर्य पनि तुल्याए । फिल्म निर्देशक रञ्जित एम तिवारीले कठपुतली दक्षिण भारतीय फिल्मसँग प्रभावित भएको बताए । यो फिल्म आगामी २ सेप्टेम्बरमा ओटीटी प्लेटफर्ममा रिलिज हुनेछ ।

एक सानो सहर कसौलीमा फिल्म छायांकन भएको छ । प्रहरी र सिरियल किलरबारेको कथावस्तु छ । ‘कठ्पुतली’बाहेक अक्षयसँग अन्य फिल्म पनि छन् । उनी हिजोआज ‘सुराराई पोतुरु’को छायांकनमा व्यस्त छन् । ज्याकलिन फर्नान्डिजसँगको फिल्म ‘रामसेतु’ फिल्म पनि आउँदैछ । उनीसँग ‘ओ माइ गड २’ फिल्म पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?