+
+

दमौलीमा तनहुँकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते १९:०२

५ भदौ, तनहुँ । दमौलीमा तनहुँकै सर्वाधिक पुरस्कार राशिको प्रथम मेयर कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।

व्यास-४ स्थित सितलचोक युथ क्लबको आयोजनामा भदौ ८ गतेबाट सुरु हुने प्रतियोगिताबारे आइतबार दमौलीमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

व्यास-३ स्थित बीपी वनवाटिकामा हुने प्रतियोगितामा विजेता हुने टिमलाई २ लाख २ हजार २०२ रुपैयाँ नगदसँगै ट्रफी मेडल रप्रमाणपत्र प्रदान गरिनेछ ।

दोस्रो हुने टिमले नगद १ लाख १ हजार १११ रुपैयाँ नगदसँगै ट्रफि मेडल प्रदान गरिने कार्यक्रम संयोजक राजेश मल्लले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई जनही ७ हजार ५०० रुपैयाँ प्रदान गरिने छ ।

खेलको माध्यमबाट आन्तरिक पर्यटकलाई व्यास क्षेत्रमा भित्राउने उद्देश्य समेत राखेर मेयर कप आयोजना गरिएको क्लबका सचिवालय व्यवस्थापन समितिका संयोजक माधव न्यौपानेले जानकारी दिए ।

प्रतियोगिताका सहभागी हुन काठमाडौँ, धादिङ, स्याङ्जा, कास्की, लगायतका ठाउँका २९ टिमले नाम दर्ता गराइ सकेको संयोजक मल्लले जानकारी दिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?