+
+

चेल्सीमाथि लिड्सको सानदार जित

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते २१:१८

५ भदौ, काठमाडौं । लिड्स युनाइटेडले इंग्लिस प्रिमियर लिगमा चेल्सीमाथि सानदार जित हात पारेको छ । यो सिजन आफ्नो अपराजित यात्रा कायमै राख्ने क्रममा लिड्सले आइतबार राति चेल्सीलाई ३–० गोल अन्तरले हराएको हो ।

चेल्सीले यो सिजन मात्र खेलाडी भित्र्याउन १७० मिलियन पाउण्ड खर्चिएको थियो । तर लिड्सको घरेलु मैदानमा भएको खेलमा चेल्सी सुरुदेखि दबावमा पर्‍यो ।

३३औं मिनेटमा एरोन्सनले गोल गरेपछि लिड्सले अग्रता लियो । चार मिनेटपछि रोड्रिगोले गोल गरेपछि घरेलु टोलीले पहिलो हाफमा २–० को अग्रता बनायो ।

दोस्रो हाफको ६९औं मिनेटमा ह्यारिसनले गोल गरे भने ८४औं मिनेटमा कुलाबालीले रातो कार्ड पाएपछि चेल्सीले १० खेलाडीमा सीमित रहेर खेल टुंग्यायो ।

जितपछि लिड्सको ३ खेलबाट ७ अंक भएको छ भने समान खेल खेलेको चेल्सीको ४ अंक मात्र छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?