+
+

केन्या जाने क्रिकेट टोलीको बिदाइ, राम्रो नतिजा ल्याउने विश्वास

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १३:५६
बिदाइपछि सामुहिक तस्वीर खिचाउँदै नेपाली टोली । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

६ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले केन्या जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।

क्यानले सोमबार कार्यक्रम गर्दै टोलीलाई बिदाइ गरेको हो । केन्या भ्रमणमा नेपालले पाँच टी-२० आई र तीन एकदिवशीय खेल खेल्नेछ । सन्दीप लामिछानेको कप्तानीमा १६ खेलाडीसहित २१ जनाको टोलि केन्या जाने छ ।

नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले पनि यही भ्रमणबाट आफ्नो जिम्मेवारी सुरुवात गर्दैछन् ।

उनले केन्या जानुअघि राम्रो तयारी भएको बताए । उनले भने, ‘सबै युवा खेलाडीहरु प्रदर्शनका लागि तयार छन् । हामी राम्रो गर्नेछौं । राम्रो म्याच प्राक्टिस हुनेछ ।’ उनले नेपालको लक्ष्य टिमको रुपमा राम्रो प्रदर्शन गर्नु रहेको बताए ।

कप्तान सन्दीप लामिछानेले केन्या भ्रमण महत्वपूर्ण रहको बताए । उनले भने, ‘नयाँ खेलाडी र केहीको पुनरागमन छ । नयाँ प्रशिक्षकको प्रशिक्षणमा खेल्न उत्साहित छन् । अपेक्षा अनुसार नै नतिजा ल्याउनेछौं ।’

क्यान अध्यक्ष चतुरबहादुर चन्दले नोभेम्बरमा हुने लिग टु शृंखलालाई ध्यानमा राख्दै म्याच प्राक्टिस गर्नका लागि केन्या भ्रमण पठाएको बताए । उनले भने, ‘नेपालमा वर्षातका बेला म्याच खेल्न नपाइरहेको बेला केन्या जाँदैछौं । पाँच टी-२० खेल नेपालको लागि महत्वपूर्ण छ ।’

तलको टिमलाई जित्दा वरीयता सुधार्न धेरै अंक नपाए पनि यसले सहयोग पुग्ने उनले बताए । प्रशिक्षक प्रभाकरका लागि पनि खेलाडीलाई नजिकबाट चिन्ने मौका हुने चन्दले बताए । २०२४ को टी-२० विश्वकपका लागि अहिलेदेखि तयारी गर्नुपर्ने उनले बताए ।

कप्तान सन्दीप लामिछाने केन्याबाटै क्यारेबियन प्रिमियर लिग खेल्न वेष्ट ईन्डिज जानेछन् । सीपीएलमा उनी जमैका तल्हवाजबाट खेल्नेछन् । नेपाल टी-२० लिग समयमै भएमा नेपाल फर्कने उनले बताए ।

नेपाली टोलीमा अर्जुन साउद नयाँ अनुहारका रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?