+
+

राष्ट्रपतिले शीतलनिवास बोलाइन् आफ्नो सुरक्षार्थ खटिएका पूर्व र वर्तमान सुरक्षा अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ८ गते १८:५०

८ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका पूर्व तथा वर्तमान सुरक्षा अधिकारीहरुलाई शितलनिवासमा भेटका लागि बोलाएकी छन् ।

बुधबार शीतलनिवासमा नेपाली सेनासहित सुरक्षा निकायका अधिकारीहरुलाई बोलाएर उनले भेट गरेकी हुन् । भेटमा के–के कुराकानी भयो भन्ने विस्तृत विवरण आएको छैन । यद्यपि, सुरक्षा सम्बद्ध स्रोतले भण्डारीले सुरक्षाकर्मीहरुलाई ‘धन्यवाद दिएको’ अनलाइनखबरलाई बतायो ।

भेटमा शीतलनिवासका वर्तमान सुरक्षा प्रमुख नेपाली सेनाका सहायक रथी पवन घिमिरेसहितका उच्च सैन्य अधिकारीहरु पनि सहभागी थिए । नेपाली सेनाको परमाधिपति समेत रहने राष्ट्रपतिको सुरक्षा व्यवस्थापनको नेतृत्व नेपाली सेनाले गर्छ ।

राष्ट्रिय अनुसन्धानमा विभागको एउटा टोली पनि राष्ट्रपति कार्यालयमा खटिन्छ भने बाहिरी सुरक्षामा नेपाल प्रहरीले एकजना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सुरक्षामा टोली खटाउने गर्छ ।

राष्ट्रपति भण्डारी संसदबाट नागरिकता विधेयक जस्ताको तस्तै फर्काइएपछि असन्तुष्ट छन् । पछिल्लो समय उनले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बोलाएर भेटघाट गरिरहेकी छन् । संविधानविद्हरुसँगको छलफलमा पनि उनले नागरिकता विधेयक जस्ताको तस्तै आएकोप्रति चिन्ता व्यक्ति गरेकी थिइन् ।

वैवाहिक अंगिकृतको व्यवस्थाबारे पुनर्विचार गर्न भन्दै सरकारले प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक भण्डारीले संसदमा फिर्ता पठाइदिएकी थिइन् । तर प्रतिनिधिसभाबाट फेरि सोही विधेयक हुबहु पारित भइसकेको छ । र, राष्ट्रिय सभामा पेश हुने क्रममा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?