+
+

झण्डै ५ अर्बको लगानीमा बानेश्वरमा खुल्‍यो फ्रन्टलाइन अस्पताल

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते १३:२६

९ भदौं, काठमाडौं । झण्डै ५ अर्ब बढी लगानीमा पुरानो बानेश्वर ओरालोमा २ सय शय्याको फ्रन्टलाइन अस्पताल सञ्चालनमा आएको छ । बिहीबार एक औपचारिक कार्यक्रम मार्फत सञ्चालनमा ल्याइएको अस्पताल प्रशासनले जनाएको छ ।

फ्रन्टलाइन अस्पतालको कार्यकारी अध्यक्षका रुपमा समग्र कमाण्ड नवराज पाण्डेले गरेका छन् । क्लिनिकल अध्यक्षको रुपमा बरिष्ठ अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डे छन् । सञ्चालनमा आएको फ्रन्टलाइन अस्पतालको सिओओमा भारतीय नागरिक सुरेशकुमार मनोहरन रहेका छन् ।

अत्याधुनिक भौतिक पूर्वाधारसहित २८ वटा विभागबाट सेवा सञ्चालन भएको बरिष्ठ अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेले बताए । उनका अनुसार अस्पतालभित्र अर्थोपेडिक्स, जनरल सर्जरी, न्युरो सर्जरी, इएनटी, गाइनो, पेडियाट्रिक्स, डर्माटोलोजी, कार्डियाक, इन्डोक्राइनोलोजीलगायतका विभाग रहेका छन् ।

‘नेपाल र दक्षिण एसियाको लागि उच्च गुणस्तरीय सेवा प्रदान गरेर शहरी स्वास्थ्यको सेवाको परिकल्पना गरेका छौं । दक्ष जनशक्ति तथा नयाँ प्रविधि मार्फत सेवा दिने कोसिस गछौं,’ डा. पाण्डेले भने, ‘ अन्य संस्थाहरुमा भन्दा गुणस्तरीय सेवा दिएर अगाडी बढ्छौं ।’

डा. पाण्डेले औपचारिक रूपमा सञ्चालन हुनुभन्दा अगाडी नै करिब तीन सय शल्यक्रिया गरिसकेको जानकारी दिए ।

उनकाअनुसार अस्पतालमा ३१ बेडको आईसीयु र ४ वटा शल्यक्रिया कक्ष रहेका छन् ।

‘जनर्रल आइसीयू, नेगेटिभ, सजिर्कल, मेडिकल लगायतका आइसियू तयार गरेका छौं । आकस्मिक केयरलाई हामीले टेवा दिँदै बिरामीलाई जोगाउने काम गछौं,’ उनले भने ।

त्यसैगरी, इन्टरनल मेडिसिन विभागका प्रमुख डा. लोचन कार्कीले सरकारले लागु गरेको १० प्रतिशत निःशुल्क मार्फत गरिब तथा विपन्न वर्गलाई सेवा दिने बताए । ‘निजी अस्पताल भएपनि नेपाल सरकारको नीति नियमलाई फ्लो गरेर सेवा दिन्छौं,’ डा. कार्कीले भने, ‘सेवा लिन आएका जुनसुकै बिरामीलाई नर्फाउने कोसिस गछौं ।’

‘मेरो अनुभव, कनेक्टीभिटी, पब्लिकसँगको इथिकल इटे«न्थ सबै लगाएर होल टिमलाई सम्हालेर अगाडि बढ्छु,’ डा. पाण्डेले थपे,‘ कसरी अस्पताल सञ्चालन गर्ने हामीसँग अनुभव छ । ६ महिनादेखि एक बर्षमा अस्पतालले नयाँ गति लिइसकेको हुन्छ ।’

डाक्टर, नर्स, कर्मचारी गरी फ्रन्टलाइन अस्पतालको टिम झण्डै ५ सय रहेको छ ।

त्यसैगरी, फ्रन्टलाइनले उत्कृष्ट क्लिनिकल टोलीको नेतृत्वमा सेवा प्रिदान गर्न प्रतिबद्ध रहेको अस्पतालका कार्यकारी अध्यक्ष नवराज पाण्डेले बताए । अस्पतालको सुरुवाती लगानी झण्डै ४ अनुमान गरिएकोे थियो । तर, क्षमता बिस्तार गदै जाँदा ५ अर्ब लाग्ने दिएको छ,’ पाण्डेले भने ।

सिनामंगलस्थित नोबेल अस्पतालको व्यवस्थापन फ्रन्टलाइनको मुख्य व्यवस्थापन हो । नोबेलको व्यवस्थापनले बिराटनगरस्थित नोबेल मेडिकल कलेजसँग नाम जुधेपछि अस्पतालको नाम परिवर्तन गरेर फ्रन्टलाइन अस्पताल राखेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?