
काठमाडौं । विश्वचर्चित अमेरिकी गायिका टेलर स्वीफ्टमाथि एक मिलियन डलर बराबरको क्षतिपूर्ति माग गर्दै गीत चोरीको मुद्दा दायर भएको छ ।
सन् २०१९ मा रिलिज भएको स्वीफ्टको एल्बम ‘लभर’का कतिपय गीत आफ्नो रचनाबाट चोरिएको भन्दै एक लेखिकाले मुद्दा दायर गरेकी हुन् । सन् २०१० मा प्रकाशित पुस्तक ‘लभर’बाट शब्द चोरिएको उनको आरोप छ ।
यतिबेला उनले अर्को एक मुद्दाको पनि सामना गरिरहेकी छन् । यो मुद्दामा स्वीफ्टको सन् २०१४ को हिट गीत ‘सेक इट अफ’ पनि समावेश छ । यो गीत अमेरिकी गल्र्स ब्यान्ड थ्रीएलडब्लुको गीत प्लेइज प्ले गनबाट चोरी गरिएको आरोप छ । तर पनि टेलरले गीत चोरीको आरोपलाई अस्वीकार गरेकी छन् ।
पेज सिक्स म्यागजिनका अनुसार यतिबेला भने गायिका टेलरलाई तेरेसा ला डार्ट नामक एक लेखिकाले एक मिलियन डलर क्षतिपूर्तिसहित मुद्दा हालेकी हुन् । गत अगस्ट २३ मा उनले अमेरिकाको टिनिसस्थित एक अदालतमा मुद्दा दायर गरेको जनाइएको छ ।
प्रतिक्रिया 4