+
+

सीप्यान क्रिकेट अवार्ड भदौ २४ गते हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते १७:४६

९ भदौ, काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) को आयोजनामा सीप्यान क्रिकेट अवार्ड भदौ २४ गते हुने भएको छ ।

सीप्यानले बिहीबार पत्रकार सम्मेलन गर्दै कोभिड-१९ का कारण दुई वर्षदेखि रोकिएको अवार्ड भदौ २४ गते गर्ने जानकारी गराएको हो । सन् २०१९ मा क्रिकेट खेलाडीको हौसला बढाउने उद्देश्यले सीप्यानले पहिलो पटक अवार्ड आयोजना गरेको थियो ।

त्यसपछि भने कोभिड-१९ का कारण अवार्ड हुन सकेको थिएन । शैक्षिक संस्था एनसीसीएको मुख्य प्रायोजनमा हुने अवार्ड काठमाडौंमा हुनेछ । आयोजनास्थल केही दिनमै सार्वजनिक गरिने सीप्यानका अध्यक्ष डा. मनिष राज पाण्डेले जानकारी दिए ।

‘सन् २०१९ मा हामीले खेलाडीलाई कदर गर्ने र केही आर्थिक सहयोग गर्ने उद्देश्यले सुरु गरेका थियौँ । २०२० मा अवार्ड घोषणा गरेर पनि कोभिड-१९ का कारण गर्न सकेनौँ । यो हाम्रो सानो प्रयास हो । यसलाई निरन्तर रुपमा अघि लैजाने योजना छ’, अध्यक्ष पाण्डेले भने ।

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुक्ष क्रिकेट भदौ अन्तिम साता काठमाडौंमा हुने भएकोले त्यसैको अवसर पारेर अवार्ड गर्न लागिएको सीप्यानले जनाएको छ ।

पाँच विधामा अवार्ड

अवार्ड कार्यक्रममा विभिन्न पाँच विधामा अवार्ड प्रदान गरिनेछ । जसमा वर्ष क्रिकेट खेलाडी पुरुष र महिला, वर्ष उदयीमान खेलाडी, वर्ष उत्कृष्ट क्षण र विशेष अवार्ड छन् ।

वर्षको उत्कृष्ट खेलाडी पुरुष र महिलाले समान १ लाख ३२ हजार प्राप्त गर्नेछन् । विशेष सम्मान प्राप्त गर्नेले पनि १ लाख ३२ हजार नै पाउन छन् । वर्ष उदयीमान खेलाडी र वर्ष क्षणको विजेताले समान ६६ हजार प्राप्त गर्नेछन् ।

यसअघि वर्ष खेलाडी महिलाको पुरस्कार पुरुषको भन्दा कम थियो तर यस पटक देखि महिला र पुरुषलाई बराबर पुरस्कार रकम राखिएको सीप्यानका महासचिव पारस खड्काले जानकारी दिए । पछिल्लो दुई वर्ष अवार्ड हुन नसकेकोले यस पटक त्यही दुई वर्षको प्रदर्शनलाई आधार मानेर अवार्ड प्रदान गरिने महासचिव खड्काले बताए ।

‘पछिल्ला दुई वर्ष नेपाली क्रिकेटमा गरेको प्रदर्शनका आधारमा अवार्ड प्रदान गरिनेछ । त्यसका लागि हामीले नेपाल क्रिकेट संघ, सीप्यान, प्रशिक्षक संघ, अम्पायर रसंघ र एनएसजेएफबाट १-१ जना गरी पाँच जनाको प्राविधिक कमिटी बनाउँछौँ । त्यही कमिटीले मापदण्ड बनाएर खेलाडीको नोमिनेसन गर्नेछन्’, खड्काले भने ।

यसअघि अवार्ड गर्दा नेपाल क्रिकेट संघ निलम्बनमा थियो । तर अहिले संघको निलम्बन सबै पुकूवा भइसकेको छ । सीप्यान महासचिव खड्काले यो सुरुवातलाई क्यानले अगाढि बढाए अझ राम्रो हुने बताए ।

‘हामीले सुरुवात मात्र गरेका हौँ । हामी चाहन्छौँ कि अर्को पटक देखि क्यानले नै गरे अझ राम्रो हुन्छ । क्यान वा सीप्यान जसले गरेपनि खेलाडीको सम्मान हो’, खड्काले भने ।

वर्षको उत्कृष्ट क्षणको अवार्डका लागि अनलाइन भोटिङको माध्यमबाट सार्वजनिक मत सर्वेक्षणको आधारमा र विशेष अवार्डका लागि नेपाली क्रिकेटमा विशेष योगदान पुर्‍याउने एक क्रिकेट खेलाडीलाई योगदानमा आधारित रहेर पुरस्कृत गर्ने सीप्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?