+
+

विराटनगरका मेयरले भने : पूर्वमेयरले जथाभावी कर्मचारी नियुक्त गरेछन्

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते १९:४०

९ भदौ, विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पूर्व मेयर भीम पराजुलीको कायकालयमा भएका कामका विवरणसहितको स्वेतपत्र जारी गरेका छन् ।

स्वेतपत्रमा अघिल्लो नेतृत्वले संगठन तथा व्यवस्थापन सर्वेक्षण नगरी जथाभावी कर्मचारी नियुक्त गर्दा कर्मचारीको जम्बो टोली बनेको उल्लेख छ ।

महानगरपालिकामा हाल ६०९ जना कर्मचारी छन् । ६०९ जनाको कर्मचारी भए पनि प्राविधिक र अधिकृत स्तरका कर्मचारी भने नपुगेका कारण महानगरपालिकाले लोकसेवासँग ४७ पदपूर्तिको माग गरेको छ ।

स्वेतपत्रमा ६०९ मध्ये ८ जना स्थायी र ३३७ जना करार कर्मचारी रहेको उल्लेख छ । ती मध्ये श्रेणिविहीन कर्मचारीको संख्या २७९ छ । लोसेवासँग छैठौ तहका अधिकृत १२, लेखापाल १५, प्रशासन समूहका पाचौं तहका २० गरी ४७ जना कर्मचारी माग गरेको हो ।

‘नगरसभाबाट स्वीकृत दरबन्दीमा कर्मचारी भर्ना गर्नुपर्नेमा त्यसको अवलम्वन नगरी कर्मचारी भर्ना गर्दा र समायोजन सहमति दिँदा हाल ६०९ जनाको जम्बो कर्मचारी संयन्त्र रहेको छ, जसमा ३४५ स्थायी र करार कर्मचारी छन्,’ स्वेतपत्रमा भनिएको छ, ‘कुल कर्मचारी मध्ये २७६ जना श्रेणी विहीन स्तरका छन् ।’

‘कर्मचारी भर्नाका विषयमा महालेखा परीक्षकको कार्यालयले समेत बेरुजु देखाएको छ,’ स्वेतपत्रमा भनिएको छ, ‘अर्काेतर्फ दक्ष जनशक्ति र आवश्यक प्रकृतिको जनशक्तिको अझै कमी छ ।’

स्वेतपत्रमा विराटनगर महानगरपालिकाले पछिल्लो पाँच वर्षमा १६ वटा संघसंस्थालाई २ विघा १७ कट्ठा १८ धुर जग्गा वितरण गरेको उल्लेख छ । मनोमानी रुपमा सार्वजनिक जग्गा वितरण गर्दा महानगरपालिकालाई पार्क तथा उद्यान निर्माण गर्न जग्गा अभाव भएको उल्लेख छ ।

मेयरले जारी गरेको स्वेतपत्रमा आन्तरिक आम्दानीको अनुमान अथार्थ भन्दा आधा बढी रहेको उल्लेख छ । ६२ लाख १५ हजारमा किनेको ब्रुमर प्रयोग नभइ थन्किएको उल्लेख छ ।

विराटनगर महानगरपालिकाका प्रमुख कोइरालाले महानगरपालिकाको यथार्थ विवरण सार्वजनिक गर्न स्वेतपत्र जारी गरिएको बताए । उनले विराटनगरको दिर्घकालिन विकासका लागि योजनावद्ध रुपमा काम गरिरहेको जानकारी दिए । उनले विराटनगरमा स्मार्ट पार्किङ निर्माणका लागि एउटा सिस्टम मगाइएको बताए ।

महानगरपालिकाले टोलफ्री नम्बर पनि सञ्चालन गर्ने तयारी गरेको उनले बताए । अपाङ्गता भएकाहरुका लागि सहजताका लागि सहायता केन्द्र पनि सञ्चालन गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?