+
+

च्याम्पियन्स लिग ड्र : बार्सिलोना र बायर्न फेरि एकै समूहमा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते ८:२९

१० भदौ, काठमाडौं । स्पानिस क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिगमा फेरि एकै समूहमा परेका छन् ।

च्याम्पियन्स लिग २०२२/२३ को लागि बिहीबार राति टर्कीकको इस्तानबुलमा भएको ड्र कार्यक्रममा बार्सिलोना र बायर्न एकै समूह सी मा परेका हुन् । यस समूहमा इन्टर मिलान र भिक्टोरिया प्लेजन पनि छन् ।

अघिल्लो सिजन पनि बायर्न र बार्सिलोना एक समूहमा परेका छन् । त्यस बेला बायर्न र बेनफिका समूह चरण पार गर्दा बार्सिलोना समूह चरणबाटै बाहिरिएको थियो ।

साविक विजेता रियल मड्रिड भने तुलानात्म करुपमा सहज समूहमा परेको छ । रियलसँगै आरबी लाइपजिग, साख्तर डोनेस्क र सेल्टिक समूह एफ मा छन् ।

यस्तै लिभरपुल, आयाक्स, नापोली र रेन्जर्स समूह ए मा छन् भने एट्लेटिको मड्रिड, पोर्टो, बायर लेभरकुजन र क्लब ब्रुग समूह बी मा छन् ।

एनट्राट फ्रांकफर्ट,टोटनहम हट्सपर , स्पोर्टिङ लिस्वन र मार्से समूह डी तथा एसी मिलान, चेल्सी, साल्जवर्ग र डिनामो जाग्रेब समूह इ मा छन् ।

म्यानचेष्टर सिटी, सेभिया, बोरुसिया डर्टमण्ड र एफसी कोपनहेगन समूह जी र पेरिस सेन्ट जर्मेन, युभेन्ट्स, बेनफिका र मकाइ हाइफा समूह एचमा छन् ।

यस सिजनको च्याम्पियन्स लिग फाइनल २०२३ जुन १० तारिखमा इस्तानबुलको अटाटुर्क ओलम्पिक स्टेडियममा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?