+
+

‘लाइगर’को कमजोर रेटिङले नेपाली वितरकको २ करोड जोखिममा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १२:२६

काठमाडौं । विश्व बक्सिङ लिजेन्ड माइक टायसनको जीवनसँग प्रभावित बलिउड फिल्म ‘लाइगर’लाई लिएर रिलिजपूर्वको उत्साह उच्च थियो ।

जब रिलिज भइदियो, त्यो अपेक्षा धुलोमा मिसियो । दक्षिण भारतीय स्टार विजय देवरकोण्डाको बलिउड डेब्यु संकटमा पर्‍यो । पछिल्लो समय बलिउड नै संकटमा छ ।

बलिउड समीक्षक तरण आदर्शले ‘लाइगर’लाई १.५ रेटिङ स्टार दिएका छन् । उनले फिल्मलाई ‘समय गुज्रिएको’ लेखेका छन् । ‘लाइगर प्रभावित तुल्याउन असफल छ । अवसर, स्रोत र प्रतिभाको क्षति । यद्यपि, विजय देवरकोण्डा बलिउडमा करिअर थाल्न योग्य छन् । यो लाइगर गर्जिंदैन मात्र,’ उनले लेखेका छन् ।

बलिउड हंगामा लेख्छ, ‘विचित्र कथा तर खराब लेखनको कारण दर्शकलाई प्रभावित तुल्याउन लाइगर असफल छ ।’ हिन्दुस्तान टाइम्सले राम्या कृष्णनको प्रयत्नको बाबजुद अवसर खेर गएको लेखेको छ ।

आईएमडीबीको कुल १० रेटिङमा फिल्मले २ स्टार पाएको छ जुन निकै खराब हो । ‘लाइगर’को यो वर्ड अफ माउथले यसको समग्र ओपनिङमा असर पार्ने अनुमान गर्न सकिन्छ ।

‘लाइगर’लाई टी–फक्स वितरण कम्पनीले २ करोड नेरु हारहारीमा नेपाल ल्याएको जनाइएको छ । यसअघि आमिर खानको ‘लाल सिंह चड्ढा’लाई वितरकले २ करोड ४० लाख रुपैयाँमा नेपाल ल्याएका थिए । तर लालसिंह चड्ढा असफल हुँदा वितरकलाई धक्का पुग्यो । यही नियति ‘लाइगर’मा दोहोरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?