+
+

२५ वर्षको वैवाहिक सम्बन्ध टुंग्याउँदै सिल्भस्टर स्टालोन र जेनिफर

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १६:२७

काठमाडौं । चर्चित हलिउड अभिनेता सिल्भस्टर स्टालोनकी पत्नी जेनिफर फ्लेभिनले २५ वर्ष लामो वैवाहिक सम्बन्ध टुंग्याउन माग गर्दै अदालतमा डिभोर्सको निवेदन दर्ता गरेकी छन् ।

अमेरिकाको फ्लोरिडाको एक अदालतमा उनले निवेदन दर्ता गरेकी हुन् । फ्लोरिडाको बिच काउन्टीमा यो जोडीको घर पनि छ ।

जेनिफरले सम्पत्तिको ठूलो हिस्सा मागदाबी गरेकी छन् । अभिनेता स्टालोनले थुप्रै पैसा जम्मा गरेको र शोबाट आफूले पाउनुपर्ने उनको माग छ ।

द हलिउड रिपोर्टरका अनुसार यूएसए टुडेले प्राप्त गरेको अदालती प्रतिवेदन अनुसार यतिबेला उनीहरुको वैवाहिक सम्बन्ध टुंगिएको छ । आफ्ना प्रतिनिधिमार्फत स्टालोनले मिडियालाई बताएअनुसार ‘रकी’ अभिनेताले आफूले आफ्नो परिवारलाई निकै माया गर्ने बताएका छन् ।

यो जोडीका तीन जना छोरी छन् । स्टालिनका अघिल्ली पत्नी सासा ज्याकबाट एक छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?