
१० भदौ, काठमाडौं । नेकपा एमालेले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि ९ वटा समूह बनाएको छ ।
पार्टी कार्यालय, च्यासलमा शुक्रबारदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले १९ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । त्यसबारे छलफल गर्न सात प्रदेश, जनसंगठन र प्रवास तथा केन्द्रीय विभाग गरेर ९ वटा समूह बनेको छ ।
यो समूहमा अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्नुका साथै आगामी चुनावमा पार्टीलाई कसरी पहिलो पार्टी बनाउने भनेर छलफल गर्ने छ । र, भोलि विहान १० बजे बस्ने बैठकमा पेश हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4