
काठमाडौं । बाबुको मुख हेर्ने दिनको अवसरमा फिल्म ‘महापुरुष’ले नयाँ गीत ‘बा’लाई इन्टरनेट रिलिज गरेको छ । बाबु र सन्तानबीचको सम्बन्धको महत्व दर्शाउने गीत मर्मस्पर्शी लाग्छ ।
रिदम कँडेलको स्वर तथा संगीत रहेको गीतलाई नवराज पराजुलीले लेखेका हुन् । गीतमा हरिवंश आचार्य र नवनायक अरुण क्षेत्री फिचर्ड छन् ।
कात्तिक ११ गते रिलिज हुने तयारीमा रहेको फिल्ममा महजोडीसहित गौरी मल्ल, रविन्द्रसिंह बानियाँ, राजाराम पौडेल लगायतको अभिनय छ । म्याक्स दिपेश खत्रीले निर्माण गरेको फिल्म प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।
हेर्नूस गीत :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4