+
+

आगामी सिजन हिमाल चढ्न अनुमति लिनेमा सबैभन्दा धेरै अर्जेन्टिनी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १८:५७
फाइल तस्वीर

१२ भदौ, काठमाडौं । शरद ऋतुमा हिमाल चढ्न आइतबारसम्म ५ समूहका ४२ जनाले अनुमति लिएका छन् । यसरी अनुमति लिनेमा अर्जेन्टिनी नागरिक धेरै रहेका छन् ।

आइतबारसम्म ८ महिलासहित ४२ जनाले अनुमति लिएकोमा अर्जेन्टिनाबाट मात्र १० जनाले अनुमति लिएका छन् । कुल १६ वटा मुलुकका नागरिकले अनुमति लिइसकेका छन् ।

अर्जेन्टिनापछि दोस्रो स्थानमा अमेरिकी नागरिक रहेको पर्यटन विभागको तथ्यांकमा उल्लेख छ ।
अमेरिकाबाट ७ जनाले अनुमति लिइसकेको छन् । जर्मनी र स्वीडेनबाट ३÷३ जनाले अनुमति लिएको विभागको तथ्यांक छ । बेलायत, जापान, इटली, अष्ट्रेलिया, भारतबाट २/२ जनाले अनुमति लिएको विभागले जनाएको छ ।

यो सिजनका लागि हिमलुङ हिमाल (७,१२६ मि.), माउन्ट मनास्लु (८,१६३ मि. र सरिबुङ (६,३४६ मि.) हिमालका लागि आरोहण अनुमति जारी भएको छ । यी अनुमतिबाट ४४ लाख ६९ हजार ६९२ रुपैयाँ रोयल्टी संकलन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?