+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

स्रोत नखुलेको साढे २४ लाखसहित युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १७:३९

१३ भदौ, बुटवल । रुपन्देहीमा प्रहरीले स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ । सिद्धार्थनगर नगरपालिका–१ बाइपासबाट बुटवल उपमहानगरपालिका–८ सुख्खानगर बस्ने २८ वर्षका सन्दीप शाक्यको साथबाट उक्त रमक बरामद भएको प्रहरीले जनाएको छ ।

स्रोत नखुलेको अवैध रकम ओसारपसार हुदैछ भन्ने गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उक्त रकमको स्रोतको वैधता नदेखिएकोले बरामद गरेकोे जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

भदौ १२ गते साढे ४ बजे परेका शाक्यलाई आवश्यक कारवाहीको लागि सोमबार भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको रेग्मीले बताए । रुपन्देहीमा केही समय पहिले प्रहरीले १२ लाख रुपैयाँ बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?